काठमाडौं । सलमान खानले आफ्नो आगामी फिल्म ’टाइगर ३’ को छायांकन सुरु गरेका छन् । यो फिल्म टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म हुनेछ । सलमान खान ’टाइगर ३’ को छायांकनका लागि रुस गएका छन् ।
सलमानका थुप्रै तस्बिरहरु सुटिङ सेटबाट लिक भएका छन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । यस तस्वीर मा सलमान खान लाई चिन्न निकै गाह्रो छ । उनी एक नयाँ शैली र फरक रुपका साथ प्रस्तुत भइरहेका देखिन्छन् । सलमान खानको नयाँ रूप देखेपछि उनको सबैभन्दा ठूलो प्रशंसक पनि एक नजरमा उनलाई चिन्न सक्दैनन् ।
सलमान खानले ’टाइगर ३’ को लागी आफ्नो लुक्स परिवर्तन गरेका छन । र उनको मेकअपमा गरिएको मेहनत पनि प्रत्यक्ष देख्न सकिन्छ । सलमानले फिल्मको लागि आफूलाई शारीरिक रुपमा निकै तयार पारेका छन् । उनले शरीरको आकार बढाउन कडा मेहनत गरेका छन् । प्रशंसकहरुले तस्वीरमा सलमान खानको भव्य शरीर पनि देख्न सक्छन् । जे होस्, सलमान सधैं आफ्नो आकर्षक शरीरको लागी परिचित छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ ७, २०७८, १२:५५:००