३० बैशाख, काठमाडौं । बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको चलचित्र ‘राधे योर मोस्ट वान्टेड’ रिलीज हुने वित्तिकै जी५ को सर्भर नै क्रयास भएको छ ।
प्रशंसक चलचित्र 'राधे योर मोस्ट वान्टेड भाई' को रिलिजको लागि प्रतीक्षारत थिए । यस पर्खाइलाई अन्त्य गर्दै चलचित्रका निर्माताले ईदको विशेष मौकामा चलचित्रलाई जी५ मा रिलिज गरेका छन् ।
सलमानको फ्यानफलोइंग र क्रेजको कारण राधे रिलिज हुने बित्तिकै ओटीटी प्लेटफर्म जी ५ को सर्भरमा सबै प्रयोगकर्ता एक साथ फिल्म हेर्न शुरुवात गरे जसको कारण जी५ को सर्भर क्रयास भएको छ ।
सन् २०१९ मा रिलिज भएको सलमानको चलचित्र “दबंग ३” पछि नयाँ फिल्मको पर्खाइमा रहेका फ्यानको लागि मसला फिल्म लिएर आएका छन् ।
सलमानलाई घाटा भए पनि आफ्नो “कमिटमेन्ट” निभाउँदै, कोरोना महामारीबिच ईदमा राधे रिलिज भारतको प्रायजसो क्षेत्रमा लकडाउन जारी छ तर सलमान खानको चलचित्र “राधे” आफ्नो प्रतिबद्धता पुरा गर्न ईदमा रिलिज भएको हो । राधे सिनेमा घरमा नभएर डिजिटल प्लेटफर्ममा रिलिज भयो । विदेशमा जहाँ थिएटर खुला छन् त्यहाँ राधे सिनेमा घरमा रिलिज हुनेछ ।
सलमान खानले भनेका छन्, “ पहिला सिनेमा घरको सञ्चालकलाई आग्रहमा फिल्म रिलिज गर्ने योजना बनाएका थिए तर अहिले अवस्था परिवर्तन भएको छ, हामी अहिले दर्शक घर बाहिर जाने जोखिम लिउन् भन्ने चाहँदैनौँ त्यसैले राधे डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ ।”
सलमान खानले भने, “लकडाउनको कारण सिनेमा व्यापारमा प्रभाव परेको थियो र हल सञ्चालकको पत्र उनी कहाँ पुगेको थियो कि राधे रिलिज भयो भने दर्शक पुन सिनेमा हालमा आकर्षित हुनेछन् ।”
सिनेमा घर सञ्चालकले आफूलाई अनलाइन प्लेटफर्म ओटिटिमा रिलिज नगर्न आग्रह गरेको उनले बताएका थिए ।
सलमान खानको अनुसार, राधेबाट उनलाई घाटा भएको छ तर उनले आफ्नो रिलिजको कमिटमेन्ट पुरा गर्नको लागि चलचित्र रिलिज गर्न लागेका हुन् ।
सलमान खानको अनुसार, देशमा जब कुनै विपद् आउँछ तब चलचित्र उद्योग सहयोगको लागि सबैभन्दा अगाडी उभिएको छ । सलमान खानले पछिल्लो लकडाउनमा सिनेमा उद्योगसँग जोडिएका ४५ देखि ५० हजार मानिसलाई पैसा र अन्य प्रकारको सहयोग गरेका थिए ।
यस पटक उनको संस्थाले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ र उनले थुप्रै फ्यान क्लब पनि मानिसको सहयोग गरिरहेको बताए ।
उनी भन्छन्, “अहिलेको अवस्था निकै गम्भीर छ र कोरोनाको कारण आफ्नो आफन्त गुमाएकालाई के भन्न चाहनुहुन्छ ? मानिससँग खाना र औषधिको लागि पैसा छैन ।”
उनले आफूलाई देशको अवस्था र मानिसले ब्ल्याकमा औषधि बेचेको र अक्सिजनको कालो बजारीबाट दुख लागेको बताएका छन् ।