- पूर्ण ओली (अ.प्रा.महासेनानी)
२००७ सालमा राजा त्रिभुुवन र मोहन शमशेरलाई फस्ल्याङ फुस्लुङ पारेर १९५० को सन्धि गर्न सफल भएको भारतले २०६२।६३ को आन्दोलनमा आफ्नो नियन्त्रणमा आइसकेका माओवादी, कांग्रेस एमालेलगायतका दलहरुलाई सजिलैसित १२ बुुँदे सम्झौता गर्न सफल भयो । यसपछि भारतले चाहेअनुुसार नेपाली सिमानामा बाँध र सडक लगातार रुपमा सहज तरिकाले बनाइरह्यो ।
कालापानीमा लाज मानी मानी बसेको भारतले नेपालको जमिनभित्र सडकमात्र बनाएन उक्त क्षेत्रलाई सधंैका लागि आफ्नो बनाउन नक्सामा समेत गाभेर आफ्नो इच्छा पूरा ग¥यो । जब नेपालमा आन्तरिक द्वन्द्व भएर पार्टी र देश कमजोर हुुन्छ त्यतिखेर भारतले नेपाललाई तल पारेर सन्धि सम्झौता गर्छ । त्यहि भएर उसले हाम्रो क्षेत्रमा खुुलमखुुला रुपमा सडक पनि लाजै नमानी उद्घाटन ग¥यो । यसमा कतिपय विषयमा नेपालले समयमा बलियो रुपमा आवाज उठाउन नसकेकोले भारतको मिचाह प्रवृति यथावत भएको छ ।
भारतले चाहेअनुुसार नेपाली नेताहरुले गर्दै जाने हो भने नेपाललाई कमसेकम छिट्टै भुुटान बनाउने उसको योजना छ । तर उसले नेपाललाई अब सिक्किम बनाउने प्रयास अवश्य सफल हुुनेछैन । किनकि नेपाली जनताले अब धेरै सचेत भएर भारतको नियत बुुझिसकेका छन् । भारतले कसैलाई लेण्डुुप दोर्जे बनाए पनि सायद ऊ एक्लै हुुनेछ । त्यसको मतलब हामी अब ढुुक्क भएर बस्ने होइन । हामीले आफ्नो सुुरक्षा सुुदृढ बनाउनै पर्छ ।
सबभन्दा पहिला भारतले नाकाबन्दी लगायो भने कसरी अगाडि बढ्ने भन्ने कार्यक्रम ल्याइनुुपर्छ जुुन कुुरा असम्भव पनि छैन । किनकि भारतले अब गर्ने भनेको नाकाबन्दी पहिला जस्तो कुुनै दलको अनुुरोधमा नभई नेपाललाई घुुँडा टेकाएर तुुम शरणम गराउने प्रयास हुुनेछ । जस्को कारण हामीले कालापानीको माग फेरि गर्न नसकौं । अनि हाम्रा मिचिएका सुुस्तालगायतका सिमानाहरुमा भारतले भनेअनुुसारका सीमा स्तम्भहरु राख्न सकोस् । त्यसैले हामीले आत्मनिर्भर हुुने प्रयास र सोहिअनुुसारका कार्यक्रम शिघ्र परिपालन गर्नुुपर्छ ।
खाद्यान्नमा आत्मनिर्भर हुुन सिँचाइमा प्राथमिकता दिइनुुपर्छ । उत्पादनको लागि आवश्यक पर्ने बिउ हामीले जगेर्ना गर्नैपर्छ । यसपालि मात्र हामीले डेढ अरब रुपैयाँको बिउमात्र आयात गरिएको कुुरा समाचारमा आएको छ । सबै किसिमका खाद्यान्नको पैठारी रोकेर आफैंले बिउलगायतका सबै खाद्यबस्तुु उत्पादन गरेर भण्डारण गर्ने व्यबस्था गर्नैपर्छ । सधैंभरि वर्षको ६।७ अरबको मल भारतबाट खरिद गरिन्छ । त्यसको बदलामा कम्पोज मल बनाउन बृहतरुपमा कार्यक्रम ल्याइयोस् ।
अहिले सेनाले आफ्ना फौजलाई तयारी रहन निर्देशन दिएको सुुनिएको छ । जुुन सेनाको कर्तब्य पनि हो । तर सेनाको अहिलेको तयारिमा सरकारले गम्भीर भएर सहयोग गर्नुुपर्छ । सबभन्दा पहिला अहिलेको सेनाको संख्या बढाइन आवश्यक छ । किनकि सशस्त्रको व्यापक रुपमा सिमानामा सेना रहनुुपर्छ । त्यसबाहेक पनि सेनाका धेरै जिम्मेवारी छन् । सेनालाई आत्मरक्षाको लागि खासगरी खुुला मैदानमा प्रतिरक्षात्मक हतियार बढी आवश्यक पर्छ । त्यसका लागि सेनासँग समन्वय गरेर आवश्यक पर्ने थप हतियार सरकारले खरिद गर्न आवश्यक छ ।
हाम्रा अहिलेका साहसी र राष्ट्रभक्त युुवाहरुले राष्ट्रका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर आइसकेको छ । त्यसका लागि स्वयंसेवाको रुपमा सर्ट सर्भिसको लागि सेनामा भर्ना गर्ने र तालिम दिने नीति तुुरुन्त ल्याइयोस् । यसमा कसैले पनि अन्यथा नसोचियोस् । यसको मतलब देशलाई सैनिकीकरण गर्न खोजिएको होइन । देशलाई परेको बेलामा हातमा भाला र खुुकुुरीमात्र होइन हतियार पनि लिन आवश्यक छ । स्विट्जरल्याण्ड जस्तो शान्ति क्षेत्र घोषित देशमा पनि सबै जनता सेनाको लागि तयार रहन सक्छन् भने हाम्रो जस्तो संवेदनशील देशले आफ्नो आत्मरक्षाको लागि अनिवार्य तयार गर्नैपर्छ ।
इजरायलले बाँच्नका लागि पनि सबैलाई सैनिक तालिम अनिवार्य गरेको छ । तालिम गर्ने सबै दैनिक आर्मीको सेवामा रहन आवश्यक छैन । जब देशलाई आवश्यक परी बोलाइन्छ, त्यसबेला ती तालिम प्राप्त व्यक्तिहरुलाई केही दिनको रिफ्रेसर तालिम दिएर लड्न पठाइन्छ । अहिले भारतीय नीति नेपालको असल छिमेकी जस्तो नभएर शत्रुुजस्तो बोली र व्यवहार देखिन्छ । नेपाललाई सधंै अपठ्यारोमा पारेर नेपालको जमिन कब्जामा राखिरहने उसको सोच छ । उसले नेपालको आर्थिक विकासमा सधंै अवरोध खडा गरेर नेपाललाई भारतनिर्भर देश बनाउने प्रयास अब सबै छर्लङग भइसकेको छ ।
भारतले नेपालको हितमा अहिलेसम्म कुुनै काम गरेन । उसको सधंै विस्तारवादी र हेपाह नीति रहेको कुुरा सबै छिमेकीले मनन गरिसकेका छन् । त्यसैले हामीले सधंै भारतलाई खुुसी पारेर सत्ताको आसामात्र नराखौं बरु हामी सधंै गुुमाइमात्र राखेका छौं । अहिले चीन र भारतबीच पनि युुद्ध हुुनसक्ने सम्भावना बढ्दैछ । यदि युुद्ध भइहालेमा भारतीयहरु नेपालको शरहदमा छिर्न सक्छन् । साथै भारतीय सेनाले समेत नेपालको जमिन प्रयोग गर्ने सम्भावना छ । त्यसैले नेपालको खुला सिमानामा यथासक्य छिटो इजरायलले लेबनानको बोर्डरमा लगाएजस्तो मजबुुतसँग तारको बार लगाइनुुपर्छ । नाकाहरुबाट मात्र आफ्ना परिचयपत्र लिएर ओहोरदोहोर गर्ने व्यवस्था गरिनुुपर्छ । यसबाट दुुबै देशको सुुरक्षामा मद्दत पुग्नेछ ।