मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीमा संक्रमितको राहत, उपचार तथा उद्धारमा १५ करोड सहयोग गरेका छन् ।
‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग गरिरहेका छन्। मानिसहरूलाई केवल दिल्लीको कोभिड केयर सेन्टरलाई दिएको २ करोड रुपैयाँ मात्र थाहा छ। तर महामारीबिच मेरो योगदान करिब १५ करोड भएको छ,' उनले ब्लगमार्फत भनेका छन् । यस्तो समयमा आफ्नो व्यक्तिगत कोषबाट आवश्यक परे अरू खर्च गर्न पनि आफू तयार गरेको अमिताभले उल्लेख गरेका छन् ।
अमिताभले कोरोना महामारीमै अभिभावक गुमाएका दुई बालबालिकाको हेरचाहको जिम्मा पनि लिएका छन् ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २८, २०७८, २०:५८:००