काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
केही दिनअघि कोरोना पुष्टि भएर उपचार गराइरहेका प्रधानको आज निधन भएको हो ।
कोरोनाकै समयमा उनको छातीमा इन्फेक्सन भएपछि उनलाई थप उपचारका लागि काठमाडौं न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानका घुम्तीमा नआउ है, पर लैजाउ फूलहरु, नमान लाज यसरीलगायत चर्चित गीत छन् । उनी पहिलो नेपाली पार्श्व गायकसमेत हुन् ।
प्रकाशित मिति:
बिहिबार, वैशाख २३, २०७८, १६:४९:००