काठमाडौं । कोभिड १९ संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ दोस्रोपटक अस्पताल भर्ना भएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन: समस्या देखिएपछि मदनकृष्णलाई तीन दिनअघि पुन अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । उनका अनुसार श्रेष्ठको अक्सिजन लेबल घटेर कमजोरी देखिएपछि पुन: मेडिसिटी अस्पतालमा अस्पताल लगिएको हो ।
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । तर लामो समय भए पनि कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छैन ।
वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति:
बुधबार, वैशाख २२, २०७८, २१:०६:००