काठमाडौं । कस्तुप पन्त नयाँ गीतका साथमा बजारमा आएका छन् । उनको ‘सिलौटोमा चटनी’ बोलको गीत सार्वजनिक भएको हो ।
पन्तको लय सिर्जना रहेको सार्वजनिक गीत समीक्षा अधिकारी र कुलेन्द्र विश्वकर्माले गाएका छन् । कोरोनाले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा पनि ठूलो लगानीमा गीत निर्माण गरेका पन्तले गीतले आफूलाई दर्शकको अझै माया दिने विश्वास व्यक्त गरेका छन् ।
गीतको म्युजिक भिडियोमा पनि निकै मिहिनेत गरेको उनले बताएका छन् । शंकर बिसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, प्रीति आले र ज्योति मगरले अभिनय गरेका छन् ।
प्रकाशित मिति:
बिहिबार, वैशाख ९, २०७८, १९:२२:००