काठमाडाैं । तिहारको छेको पारेर फ्लोरिकल्चर एसोसियसन अफ नेपालले ललितपुरको जावलाखेलमा शुक्रबारबाट पुष्प प्रर्दशन गरेको छ ।
निरन्तरको वर्षा र लामो निषेधाज्ञापछि बगैँचामा फूल फुलाउन नसकेका मध्यम वर्गका परिवारको मेलामा भिड लागेको छ ।
प्रर्दशनीमा फूल हेर्ने, सेल्फी खेच्ने, नयाँ नयाँ फूल छान्ने र किन्नेको भिड लागेको छ ।
प्रर्दशनीमा सयपत्री, गोदावरी, गुलाफलगायतका फूलहरू सझाइएको थियो ।
मेलामा बगैँचा निर्माण गर्ने आवश्यक सामग्री फूलका बिउ कोकोबिड मललगायतका सामान समेत छन् ।
प्रकाशित मिति:
आईतबार, कात्तिक १४, २०७८, १३:१३:००