काठमाडौं । साहित्यकार एवं प्राध्यापक आनन्ददेव भट्टको निधन भएको छ । उनी प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।
भट्टको ८५ वर्षको उमेर निधन भएको छ । सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए । उनी विगत चार/पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन् । वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमासमेत ठूलो गोगदान पुर्याएका छन्।
भट्टको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी रहेकाे परिवारस्राेतले जनाएकाे छ । उनका श्रीमती, दुई छोरा र छोरी छन्।
‘देशकै सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुखी छु । नेपाली साहित्यका अविराम साधक वरिष्ट साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो। उहाँले सिंगो देश र विशेषतस् बैतडीमा त नेतृत्वमै रहेर हाम्रो पार्टीको आधार निर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। उहाँको निधन प्रगतिशील क्षेत्रमा ठूलो क्षति हो। म आदरणीय भट्टज्यूप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्विटमा लेखेका छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ १४, २०७८, १२:४२:००